पुडासैनी परिवारले संचालनमा ल्याए तरकारी बजार

लोकपथ
0
Shares

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–८ चिप्ले गौँडामा रामचन्द्र पुडासैनीको परिवारले कागेश्वरी तरकारी तथा फलफुल बजार संचालनमा ल्याएका छन् ।

५० लाख लागत रहेको उक्त तरकारी बजार बुधबार नारी दिवसको अवसरबाट सञ्चालनमा ल्याइएको हो । कागेश्वरी मनोहरा नगरपालिकाकी उपमेयर शान्ता थापा, पुर्व मेयर कृष्णहरी थापाको विशेष उपस्थितिमा उक्त तरकारी बजारको उद्घाटन गरिएको थियो ।

स्थानीय उत्पादनलाई आफ्नै गाउँघरमा खपत गर्ने र ताजा तरकारी घरघरमा पुर्याउने उद्देश्यका साथ एकीकृत तरकारी बजार संचालन ल्याएको बजारका संचालक पुडासैनीले जानकारी दिए ।

उद्घाटन समारोहमा बोल्दै उपमेयर थापाले स्थानीय स्तरमा उत्पादन गरेको तरकारी र खाद्यान्नहरू स्थानीय स्तरमै बिक्री वितरण गर्ने उदेश्यले सञ्चालित बजारलाई राम्रो बनाउन र निरन्तर रूपमा संचालन गर्नका लागि नगरपालिकाले पनि साथ र सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

त्यसैगरी कागेश्वरी मनोहरा नगरपालिकाका पूर्वमेयर कृष्णहरी थापाले यश क्षेत्र विस्तारै गाउँबाट शहरीकरणको रूपमा विस्तार हुँदै गइरहेको सम्बन्धमा स्थानीय उत्पादनलाई स्थानीय उपभोक्तले नै ताजा ताजा तरकारी खरिदन गर्न पाउनेगरी संचालनमा ल्यइएको तरकारी मण्डले समाजमा राम्रो व्यवसायी वातावरण तयार भएको बताएका थिए ।

तरकारी बजारमा २२ वटा तरकारी स्टलहरू र १० वटा सटरहरू रहेका छन् ।

साथै अनलाइनको माध्यमबाट तरकारी घरघरमा पुर्याउने र गाउँ गाउँमा उत्पादन भएका ताजा तरकारीहरू मण्डिमा ल्याएर बिक्री वितरण हुने सञ्चालक पुडासैनीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?