राष्ट्रपतिको निर्वाचन शुरु भैसक्यो, रास्वपा अझै बैठकको तयारी गर्दै

लोकपथ
42
Shares

काठमाडौं । नयाँ राष्ट्रपति चयनका लागि संघीय संसद भवन नयाँ बानेश्वरमा मतदान शुरु भएको छ ।

बिहान १० बजेबाट मतदान शुरु भएको हो । गठबन्धनको समर्थनमा उम्मेदवार बनेका नेपाली कांग्रेसका रामचन्द्र पौडेलले पहिलो मतदान गरिसकेका छन् । भने एमालेका उम्मेदवार सुवास नेम्वाङ पनि मतदान गरेका छन् । साथै मतदानका लागि सांसदहरु संसद भवन पुग्ने क्रम जारी रहेको छ ।

तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अझै अनिर्णित बनेको छ । कसलाई मतदान गर्ने भन्ने विषयमा अहिले बिहान ११ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको पार्टी प्रवक्ता मुकुल ढकालले लोकपथलाई जानकारी दिए ।

‘११ बजेबाट बैठक बोलाइएको छ ।’ उनले भने, ‘हामी त्यसपछि मात्रै निर्णय गर्छौँ ।’

गत पुस १० गते उपप्रधानसहित सरकारमा सामेल भएको रास्वपा पार्टी सभापति एवं तत्कालिन गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादका कारण सरकारबाट बाहिरिहएको थियो । सरकारलाई दिएको समर्थन यथावत राखेपनि अझै कसलाई मतदान गर्ने भन्ने निष्कर्ष ननिस्किएको हो ।

राष्ट्रपति निर्वाचनका लागि एमालेबाट सुवासचन्द्र नेम्वाङ र कांग्रेससहित गठबन्धनको तर्फबाट रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मदेवार बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?