काठमाडौं । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले सत्य निरूषण तथा मेलमिलापसम्बन्धि संशोधित विधेयक प्रतिनिधि सभामा दर्ता गर्ने निर्णय गरेको छ ।
आज बिहिबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । त्यस्तै सरकारले फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षण सम्बन्धि प्रस्ताव मन्त्रिपरिषको विषयगत समितिमा छलफलका लागि पठाई यथाशीघ्र क्याबिनेटमा पेश गर्ने निर्णय पनि गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया