काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ । प्रधानमन्त्रीविरुद्ध गत मंगलबार दायर भएको रिटमा सर्वोच्च अदालतमा आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।
अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले रिट दायर गरेका थिए । टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया