काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले लोकपथलाई जानकारी दिए ।
‘आजको बैठकले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ ।’ उनले भने ।
आजको बैठकमा धेरै नेताहरुले तटस्थ बस्ने तर्कहरु बढेको थियो ।
भोलि राष्ट्रपतिको निर्वाचन हुँदैछ । राष्ट्रपति निर्वाचनमा एमालेको तर्फबाट सुवासचन्द्र नेम्वाङ र ८ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया