१८ चैत्र २०७९, शनिवार

महिला सशक्तिकरण महिला आन्दोलनकै उपज हो : प्रदेश प्रमुख परियार

२०७९,फाल्गुन,२४,बुधबार १३:१५

126
Shares

काठमाडौं । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले महिला सशक्तिकरण महिला आन्दोलनकै उपज रहेको बताएका छन् । परियारले जनयुद्ध, जनआन्दोलनको प्रतिफलस्वरुप महिला सशक्तिकरण क्षेत्रको प्राप्त उपलब्धि विश्व महिला आन्दोलनकै उपज भएको बताएका हुन् ।

आज ११३औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेश प्रमुख परियारले लैङ्गिक समानताका क्षेत्रमा हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको औँल्याएका छन् ।

उनले महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था, न्यायपूर्ण हक र अधिकारका क्षेत्रमा हालसम्म प्राप्त उपलब्धि संस्थागत गर्न अभिप्रेरित गर्ने विश्वास व्यक्त गरे ।

राष्ट्रिय समृद्धि हासिल गर्न महिलाको आर्थिक, सामाजिक, सांस्कृतिक तथा व्यवस्थापकीय रुपान्तरण आवश्यक रहेको भन्दै उनले सुरक्षा, सम्मान र रोजगारीलाई साझा अभियानकै रुपमा अघि बढाउन आवश्यक रहेको बताए ।

अन्तर्राष्ट्रिय महिला दिवसले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चित गर्न सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुने विश्वास शुभकामना सन्देशमार्फत प्रदेश प्रमुख परियारले व्यक्त गरेका छन् ।

प्रकाशित मिति: २०७९,फाल्गुन,२४,बुधबार १३:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक

काठमाडौं । शुक्रबार भौतिक पूर्वाधारबाट उपप्रधानसहित गृहमन्त्री बनेका नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा शपथग्रहणपछि मन्त्रालय पुगेर

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शर्माले दोस्रोपटक विश्वासको

काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले मन्त्रालयलाई मर्यादित र प्रतिष्ठित बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्। सिंहदबारस्थित

ताजा समाचार

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८