बसपार्कको जुवा अखडाबाट नगद तथा कौडा बरामद

काठमाडौं, ६ असोज – काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित यम कुँवरले सञ्चालन गरेको वालिङ फुलबारी गेष्ट हाउसबाट प्रहरीले नगद ५ लाख ४३ हजार ५ सय रुपैयाँ, ३ बुक तास र १६ थान कौडा बरामद गरेको छ ।  कुँवरले गेष्ट हाउसमा जुवा खेलाइरहेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले आइतबार उक्त नगद र कौडा बरामद गरेको हो ।  यस सम्बन्धमा प्रहरीले  आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?