नेपाली कांग्रेस दोलखाले नेविसंघको अध्यक्षमा सिफारिस गरेका थापा सरकारी कर्मचारी

लोकपथ
91
Shares

दोलखा । नेपाली कांग्रेस दोलखाले सरकारी कर्मचारीलाई नेपाल विद्यार्थी संघ दोलखाको अध्यक्ष बनाउन केन्द्रमा सिफारिस गरिएको पाइएको छ।

दोलखाको कालिन्चोक गाउँपालिकाका कार्यरत सूचना तथा संचार प्रविधि अधिकृत सौगात थापालार्इ दोलखा कांग्रेसले सिफारिस गरेको हो ।

यो समाचार तयार पार्दासम्म थापाको नाम गाउँपालिकाको वेबसाईट नै रहेको छ भने गाउँपालिकामा हाजिर गरेर तलब लिइरहेका छन् ।

केही दिन अघि नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले प्रनिल तामाङलाई नेविसंघ जिल्ला अध्यक्षमा मनोनीत गरेका थिए ।

अध्यक्ष शेर्पाले साधारण सदस्य समेत नरहेका तामाङलाई अध्यक्षमा मनोनित गरिएको भन्दै नेपाली कांग्रेस दोलखाका अध्यक्ष वर्मा लामाले विज्ञप्ति नै निकालेर त्यसको विरोध जनाएका थिए ।

सोमबार मात्रै उनले नेविसंघ केन्द्रीय अध्यक्षलाई बर्खास्त गर्न माग राख्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई पत्र नै पठाएका छन् ।

No description available.

नेपाली कांग्रेस दोलखाले थापालाई गत माघ १० गते अध्यक्ष बनाउन सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?