काठमाडौं– पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले हालै काठमाडौंमा सम्पन्न एशिया प्यासिफिक समिटको कडा आलोचना गरेको छ ।
पार्टीको बिहिबार सम्पन्न उच्चस्तरीय कार्य सम्पादन समितिको बैठकले सम्मेलनप्रति पूर्ण असहमत रहेको भन्दै आलोचना गरेको हो ।
‘गत महिना सरकारको संलग्नता र सहभागितामा काठमाडौंमा भएको एशिया प्यासिफिक समिट (क्रिश्चियन धर्म सम्मेलन) प्रति राप्रपा (प्रजातान्त्रिक) पूर्ण असहमत रहेको छ’, पार्टी प्रवक्ता राजेन्द्र गुरुङले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘शदीयौं देखि धार्मिक र साँस्कृतिक सहिष्णुतालाई राष्ट्रिय चरित्र तथा संस्कृतिको रुपमा अवलम्बन गर्दै रहेको तथा सनातन हिन्दु राष्ट्र रही आएको र हिन्दुत्वको छहारीमा विविध धर्म संस्कृतिले समान तथा सम्मानजनक संरक्षण एवं स्थान पाई आएको नेपाललाई जवर्जस्ती धार्मिक र साँस्कृतिक द्वन्द्वको चक्रव्यूहमा फसाउने वाह्य शक्तिहरुको दिर्घकालिन रणनीति कार्यान्वयनमा वर्तमान सरकार संलग्न रहेको देखिनु घोर चिन्ता र निन्दाको विषय हो ।’
यस्तै बैठकले पुस २७ गते परेको पृश्वी नारायण शाहको जन्म जयन्ती विभिन्न कार्यक्रमहरुको आयोजना गरी देशभर मनाउने निर्णय गरेको छ ।
उच्चस्तरीय कार्य सम्पादन समितिको अर्को बैठक पुस १५ गते बस्ने तय बस्ने तय भएको गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया