ज्ञानेन्द्रमाथि चित्रबहादुरको यस्तो कटाक्ष

काठमाडौ, ६ असोज–पूर्वराजा ज्ञानेन्द्रले देशको अवस्था बिग्रेको र आफूले नेतृत्व लिन चाहेको भन्ने अभिव्यक्ति दिएपछि राष्ट्रिय जनमोर्चाले आपत्ति जनाएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सोमबार एक विज्ञप्ति जारी गर्दै पुर्व राजाको उक्त अभिव्यक्ति गणतन्त्रप्रतिको चुनौती भएको बताएका छन् ।पुर्व राजा ज्ञानेन्द्र शाहले तिहारको टिकाको दिन अव आफुले देशको नेतृत्व लिने बेला आएको प्रतिकृया दिएका थिए ।‘उनको यो चुनौतिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हामीले बारम्बार राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षतामाथि खतरा भएको कुरा बताउदै आएका छौं ।’ विज्ञप्तिमा भनिएको छ । सरकारमा रहेका राजनीतिक दलहरुको राष्ट्रियता विरोधी, अप्रजातान्त्रिक र भ्रष्ट चरित्रका कारणले जनतामा बढेको असन्तोषलाई आधार बनाएर पूर्वराजा ज्ञानेन्द्रले राजतन्त्र पुनस्र्थापना गर्न प्रयत्न गरेको जनमोर्चाको ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?