काठमाडौं । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा पूर्व माओवादी नेताहरुको भेटघाट भएको छ ।
मंगलबार बिहान भएको भेटघाटमा संक्रमणकालिन न्यायको सम्बन्धमा पछिल्लो समय उठेका विषयहरुको बारमा छलफल भएको छ । फागुन १९ गते सर्वोच्च अदालतले अध्यक्ष प्रचण्डले जनयुद्धकालमा मारिएकामध्ये आफूले ५ हजारको जिम्मा लिने भन्ने भनाइको विरुद्ध परेको रिट सर्वोच्चले दर्ता गर्ने आदेश दिएको थियो । सो विषयमा प्रचण्डको दल माओवादी केन्द्र र माओवादी आन्दोलनसँग जोडिएका नेताहरुले आपत्ति जनाएका छन् ।
आजको छलफलले शान्ति प्रक्रियासँग जोडिएका विषयहरु शान्तिm सम्झौताको भावना र मर्म अनुरुप व्यवस्था गरिनुपर्ने निष्कर्ष निकालेको छ । त्यस्तै संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् अगाडी बढाइनुपर्ने उनीहरु।को माग रहेको छ ।
‘संक्रमणकालीन न्यायका सम्बन्धमा भइरहेको चर्चाबारे हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । शान्ति प्रक्रियासँग जोडिएका विषयहरु विस्तृत शान्ति सम्झौताको भावना र मर्म अनुरुप व्यवस्थापन गरिनुपर्दछ भन्ने कुरामा हामी दृढ छाँै ।’ जारी विज्ञप्तिमा भनिएको छ, ‘संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् अगाडि बढाइनुपर्छ ।’
त्यस्तै शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउन आवश्यक कानुनी एवं संस्थागत व्यवस्थापनको लागि तत्काल पहल गर्न सरकारसँग माग समेत गरेको छ ।
त्यस्तै शान्ति सम्झौता र परिवर्तनका विरुद्ध कुनै पनि गतिविधिहरुको प्रतिवाद गर्न आफूहरु एकमत रहेको बैठकको निष्कर्ष रहेको छ ।
शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने कुनै पनि गतिविधिहरुको प्रतिवाद गर्न हामी एकमत छौँ । साथै विभिन्न समयमा राज्यसँग भएका सहमति र सम्झौताहरुको कार्यान्वयन हुनुपर्दछ भन्ने कुरामा समेत प्रतिवद्ध छाँै ।’
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा अध्यक्ष प्रचण्डसहित माओवादी महासचिव देव गुरुङ, नेसपा अध्यक्ष डा। बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीकाका नेता सिपी गजुरेल, नेकपा माओवादीका प्रवक्ता प्रकाण्ड, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका अध्यक्ष आहुती लगायत बैठकमा सहभागी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया