काठमाडौं । परराष्ट्र मन्त्रालयले बुधवार जारी गरेको प्रेस विज्ञप्तिमा भएको त्रुटी पश्चात आमसञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएको प्रतिक्रिया प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै अर्को विज्ञप्ति जारी गरेको छ ।
बुधवार इन्डोनेसियामा सुनामिका कारण सयौँ नागरिको मृत्यु भएको खबर प्रति समवेदना सन्देशको सन्दर्भमा भएको त्रुटी प्रति गम्भीर ध्यानाकर्षण भएको जारी विज्ञप्तिमा जनाइएको छ ।
परराष्ट्र मन्त्रीको निजी सचिवालयद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति ज्यूबाट इन्डोनेसियाका महामहिम राष्ट्रपति ज्यूलाई प्रेपित सन्देशमा त्रुटी भएको नभई मन्त्रालयबाट जारी प्रेस विज्ञप्तिमा यस्तो त्रुटी हुन गएको देखिन्छ । त्रुटीप्रति मन्त्रालयले तत्कालै क्षमयाचना सहित स्पष्ट पारिसकेको छ ।’
‘त्रुटी कसरी हुन गयो भन्नेबारे सम्बन्धीत अधिकारीहरुसँग स्पष्टीकरण माग गरिएको छ र तथ्य पत्ता लागेपछि संलग्नलाई उचित कारबाही गरिने व्यहोरा’ जारी विज्ञप्तिमा उल्लेख छ ।
परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्ति


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया