काठमाडौं । खानेपानी मन्त्री बिना मगरले मेलम्चीको पानी कहिले काठमाडौं आउँछ भन्ने विषयमा अब मिति नतोक्ने भएकी छिन् ।
बिहीवार संसदको विकास समिति बैठकमा बोल्दै उनले सो कुरा बताएकी हुन् । उनले भनिन्, ‘अब पानी आउने भएपछि मात्र मिति तोक्छौं ।’
समितिमा सांसदहरुले मन्त्री मगरसँग ‘यसअघि ६० दिनभित्र पानी आउँछ भन्नेको स्मरण गराउँदै किन अहिलेसम्म नआएको ?’ भनि प्रश्न गरेका थिए ।
सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री बिनाले अब मिति नतोक्ने बताएकी हुन् ।
गत महिना संसदीय समितिमै खानेपानी सचिव गजेन्द्र ठाकुरले ६० दिनभित्र मेलम्चीको पानी काठमाडौं आउने दाबी गरेका थिए ।
तर, त्यसको केही दिनमा नै मेलम्ची आयोजनाको मुख्य ठेकेदार इटालियन कम्पनी सीएमसीले एकतर्फी काम छाडेको घोषणा गरेको थियो ।
यसको विषयमा मन्त्री मगरले सकेसम्म पुरानै ठेकेदारलाई काम लगाउने र सम्भव नभए अरु नै विकल्प खोज्ने जानकारी दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया