नेपालद्वारा दुबई ४२ रनले पराजित

लोकपथ
260
Shares

काठमाडाैं । नेपालद्वारा दुबई ४२ रनले पराजित भएको छ । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी श्रृंखलाको अन्तिम खेलमा नेपालले दुबईलाई ४२ रनले पराजित गरेको हो ।

दुबईको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा घरेलु टिमविरुद्ध टस जितेर ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा दुबईलाई २३० रनको लक्ष्य दिएको थियो ।

यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो । याे जितसँगै नेपालले लिग-२ को अंक तालिकामा युएईलाई पछि पार्दै पाँचौ स्थानमा उक्लिएको छ । साथै, एकदिवसीय मान्यता लिग-२ बाटै जोगाउने र विश्वकप छनोटमा पुग्ने सम्भावनासमेत बढाएकाे छ । त्यसका लागि अब नेपालले दुई खेलमा जित हात पार्नुपर्नेछ ।

लिग-२ को अन्तिम सिरिजका बाँकी ४ खेल नेपालमै हुनेछ । जाे फागुन २५ देखि नेपाल, युएई र पपुवा न्युगिनीबीच  हुँदैछ। लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। बाँकी चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?