सुदूरपश्चिम विश्वविद्यालयले सार्वजनिक ग-यो स्ववियु निर्वाचन कार्यतालिका

लोकपथ
52
Shares

काठमाडौं । आगामी फागुन ८ गते सुदूरपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ ।

सुदूरपश्चिम विश्वविद्यायमा पहिलोपटक स्ववियु हुन लागेको हो । विश्वविद्यालयले स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

जसअनुसार फागुन २६ गते दिउँसो ३ बजेसम्म संगठन दर्ताको कार्यसूची रहेको छ । त्यसैगरी २८ गते मतदाता सूची सार्वजनिक, सोही दिन दिउँसो ३ बजेसम्म मतदाता सूचीमाथि दाबी विरोध हुने, फागुन २९ गते साँझ ५ बजेसम्म मतदाताको अन्तिम नामावली सार्वजनिक हुनेछ ।

स्ववियु निर्वाचनको मतदान फागुन ८ गते बिहान ८ बजेबाट अपरान्ह ४ बजेसम्म हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?