काठमाडौं । प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्रशमशेर जबराविरुद्ध ९ वटा उजुरी गरेको छ ।
संसदीय सुनुवाइ विशेष समितिमा जबराविरुद्ध ९ वटा उजुरी परेको हो ।
गत मंसिर २७ गते बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्चका न्यायाधीश जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।
जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस त्यसलगत्तै पुस २ गते १० दिने म्याद राखेर उनीविरुद्ध संसदीय सुनुवाइ विशेष समितिले उजुरी आह्वान गरिएको थियो । तर, जबरासँग भने कहिले छलफल गर्ने भन्ने टुंगो लागेको छैन ।
सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि उनको नियुक्तिको बाटो खुल्ने छ ।
त्यस्तै पुस १७ गतेदेखि प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको सेवानिवृत्त हुँदैछन् ।
उमेर हदले मिश्रको अवकास हुन ६ दिनमात्र बाँकी छ ।
यसैगरी उनले आजदेखि कुनै पनि मुद्दामा सुनुवाइ नगर्ने भएका छन् ।
सर्वोच्च स्रोतका अनुसार प्रधानन्यायाधीश मिश्रले बिहीवारबाटै कुनै पनि मुद्दनमा सुनुवाइ नगर्ने तर, मिश्रले अन्य न्यायाधीशका लागि मुद्दाको पेसी तोक्ने र प्रशासनिक काम भने गर्ने छन् ।
प्रधानन्यायाधीश मिश्रले मुद्दा नहेर्ने भएपछि शुक्रवार संवैधानिक इजलासका रिटमाथिको सुनुवाइसमेत रोकिने भएको छ । सो इजलास प्रधानन्यायाधीशको नेतृत्वमा गठन हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया