दक्षिण पश्चिम पाकिस्तानमा विस्फोट : ४ जनाको मृत्यु, ९ जना घाइते

लोकपथ
65
Shares

काठमाडौं । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा सोमबार गाडी बिस्फोट हुँदा चार सुरक्षाकर्मीको मृत्यु हुनाको साथै अन्य नौ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

उक्त दुर्घटना बोलान जिल्लामा भएको हो । सिबीका जिल्ला प्रहरी अधिकारी युसुफ करीम भानघरले बताएअनुसार सिबी जिल्लाको सीमा क्षेत्रस्थित बलुचिस्तान कन्स्टेबुलरीका अर्धसैनिक फौजको ट्रकमा हमला भएको थियो ।

विस्फोटको प्रकृति अझै खुल्न नसकेको बताउँदै उनले अनुसन्धानका लागि सो क्षेत्र नाकाबन्दी गरिएको बताउनु भएको छ ।

आक्रमणको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?