राष्ट्रपति निर्वाचन : एमालेद्वारा सांसदहरुलाई अभिमुखीकरण

लोकपथ
65
Shares

काठमाडौं । नेकपा एमालेले सांसदहरुलाई अभिमुखीकरण सम्पन्न गरेको छ ।

राष्ट्रपति निर्वाचनलाई लक्षित गरी एमालेले सोमबार दिउँसो सांसदहरुलाई अभिमुखीकरण गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको अभिमुखीकरणमा एमाले अध्यक्ष केपी शर्मा ओली, एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङ लगायत शीर्ष नेताहरुको उपस्थिती रहेको थियो ।

May be an image of one or more people, people standing, people sitting and indoor

यता नेपाली कांग्रेससहित ८ दलीय गठबन्धनले पनि गत शुक्रबार र शनिबार प्रदेश र संघीय सांसदहरुलाई अभिमुखीकरण गरिसकेको छ ।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि एमालेबाट नेम्वाङ र कांग्रेसबाट रामचन्द्र पौडेल चुनावी मैदानमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?