यूएईलाई नेपालले दियो २३० रनको लक्ष्य

लोकपथ
195
Shares

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको यूएई त्रिकोणात्मक सिरिजमा नेपालले यूएईलाई रनको लक्ष्य प्रस्तुत गरेको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले कूल ५० ओभरमा ८ विकेट गुमाउदै २२९ रन जोडेको हो ।

नेपालका लागि भिम सार्कीले ७० रन जोडे। आरिफ शेखले अविजित ४३ रन बनाए भने कुशल मल्लले ३२ रन जोडे । सन्दीप लामिछानेले २७ रन जोडे भने करण केसीले १७ रन बनाए ।

यस सिरिजको अन्तिम खेलमा नेपालले यूएईसँग खेल हो । यस अघि भएको पहिलो खेलमा नेपाल यूएईसँग पराजित भएको थियो ।

नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकमा रहेको छ । नेपाल अंक तालिकाको छैटौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?