रोहिन्ज्या शिविरमा भीषण आगलागी, हजारौँ शरणार्थीले गुमाए घर

लोकपथ
78
Shares

काठमाडौं । दक्षिणपूर्वी बाङ्ग्लादेशमा रोहिन्ज्या शरणार्थीहरू बस्दै आएको एउटा शिविरमा भीषण आगलागी हुँदा हजारौँ मानिस आश्रयविहीन बन्न पुगेका छन्।

बाङ्ग्लादेशी अधिकारीहरूले आगलागीबारे अनुसन्धान थालिएको बताएका छन्।

कक्स बजारको शिविरमा आइतवार आगलागी हुँदा झन्डै २,००० वटा टहराहरू जलेर नष्ट भएको बताइएको छ।

आगो नियन्त्रणमा आएपछि काम लाग्ने सामान खोज्न सयौँ मानिसहरू सोमवार बिहान घटनास्थलमा फर्किएका छन्।

छिमेकी देश म्यान्मारमा हिंसा फैलिएपछि विस्थापित भएका हजारौँ मानिसले बाङ्ग्लादेशमा शरण लिइरहेका छन्।

आइतवारको आगलागीका कारण झन्डै १२,००० शरणार्थीहरूले फेरि घर गुमाएका छन्।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?