दिवङ्गत नेता उपाध्यायको पार्थिव शरीरलाई पार्टी केन्द्रीय कार्यालयमा राखिने

लोकपथ
65
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं विज्ञान तथा प्रविधि विभाग प्रमुख सरोज उपाध्यायको पार्थिव शरीरलाई काठमाडौंको मिनभवन, आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिने भएको छ ।

आज दिउँसो १ देखि ३ बजेसम्म पार्टी कार्यालयमा उनीप्रति पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकका साथै अन्य राजनीतिक दलका नेतागणले श्रद्धाञ्जली दिनुहुने कार्यक्रम रहेको छ ।

गत शनिबार शङ्खमूलस्थित एक रेष्टुरेन्टको छतबाट लडेर घाइते भएका उपाध्यायको अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

उनको आजै साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

दिवङ्गत उपाध्याय पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका कान्छा भाई रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?