यस्तो छ बैंक तथा फाईनान्स कम्पनीहरुको कर्मचारी खर्च सम्बन्धी विवरण

लोकपथ
0
Shares

काठमाडौं । बैंकिङ क्षेत्रमा कर्मचारी खर्च बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको पुस मसान्तसम्ममा सञ्चालनमा रहेका २७ वटा बाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स कम्पनी सहितका ६१ वटा संस्थाहरुले कर्मचारीहरुको तलव भत्तामा २६ अर्ब ३२ करोड ७० लाख रुपैंयाँ खर्च गरेका थिए ।

तर चालु आवको पुस मसान्तमा भने २२ वटा बाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाईनान्स कम्पनी सहितका ५६ वटा संस्थाहरुको यस्तो खर्च गत आवको सोही अवधिको तुलनामा ६८ करोड १० लाख रुपैंयाँले बढेर २७ अर्ब ८० लाख रुपैंयाँ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको पुस मसान्तमा बाँणिज्य बैंकहरुले मात्र कर्मचारीको तलव भत्ताको लागि २३ अर्ब ५३ करोड ६० लाख रुपैंयाँ खर्च गरेका छन् । बाँणिज्य बैंकहरुले गरेको यो खर्च गत आवको सोही अवधिको तुलनामा २२ करोड ७० लाख रुपैंयाँले बढी हो ।

गत आवको दोस्रो त्रैमासमा बाँणिज्य बैंकहरुले कर्मचारीहरुको तलव भत्ता शिर्षकमा २३ करोड ३० लाख ९० हजार रुपैंयाँ खर्च गरेका थिए ।बिकास बैंकहरुले भने चालु आवको पुस मसान्तसम्ममा कर्मचारीहरुको तलव भत्ता शिर्षकमा दुई अर्ब ७९ करोड ४० लाख रुपैंयाँ खर्च गरेका छन् । यो खर्च गत आवको सोही अवधिको तुलनामा ३८ करोड ५० लाख रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा भने बिकास बैंकहरुको यस्तो खर्च दुई अर्ब ४० करोड ९० लाख रुपैंयाँ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार फाईनान्स कम्पनीहरुले भने चालु आवको पुस मसान्तसम्ममा कर्मचारीहरुको तलव भत्ता कै लागि ६७ करोड ८० लाख रुपैंयाँ खर्च गरेका छन् । फाईनान्स कम्पनीहरुले गरेको यो खर्च गत आवको सोही अवधिको तुलनामा छ करोड ९० लाख रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा फाईनान्स कम्पनीहरुको यस्तो खर्च रकम ६० करोड ९० लाख रुपैंयाँ रहेको थियो ।

बैंक तथा फाईनान्स कम्पनीहरुको कर्मचारी खर्च सम्वन्धी बिवरण (रकम १० लाखमा)

विवरण                                                           २०७९ पुस मसान्त २०७८ पुस मसान्त फरक

वाणिज्य बैंक                                                             २३५३६ २३३०९ २२७
विकास बैंक                                                              २७९४ २४०९ ३८५
फाईनान्स                                                                 ६७८ ६०९ ६१
कुल                                                                         २७७०८ २६३२७ ६८१

(स्रोत : नेपाल राष्ट्र बैंक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?