युनाईटेडको पोस्टमा लिभरपुलले बर्सायो ७ गोल

लोकपथ
234
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले लज्जास्पद हार व्यहोरेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाईटेडको पोस्टमा ७ गोल बर्साउदै जित हात पारेको हो ।

लिभरपुलको जितमा कोडी गाक्पो, डार्विन नुनेज र मोहमद सलाहले २-२ गोल गरे । रोबर्टो फिर्मिन्होले एक गोल हाने । जितसँगै लिभरपुलले २५ खेलमा ४२ अंक जोड्दै पाँचौं स्थानमा उक्लिएको छ । युनाईटेड ४९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?