राष्ट्रपति निर्वाचन : झलनाथ भेट्न डल्लु पुगे रामचन्द्र

लोकपथ
117
Shares

काठमाडौं । ८ दलीय गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बनेका नेपाली कांग्रेसका रामचन्द्र पौडेलले भेटघाटलाई तीव्रता दिएका छन् ।

उम्मेदवार पौडेलले सांसदहरुसँग भेटघाट गरिरहेका छन् । सो क्रममा सोमबार बिहान नेता पौडेलले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भेटघाट गरेका छन् ।

खनाललाई भेट्न पौडेल बिहान खनाल निवास डल्लु पुगेका थिए ।

आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि कांग्रेसबाट पौडेल उम्मेदवार रहेका छन् भने एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?