२० मङ्सिर २०८०, बुधबार

यस्तो छ आजको मन्त्रिपरिषद् बैठकका महन्वपूर्ण निर्णयहरु

२०७४,कार्तिक,६,सोमवार ०७:१०

0
Shares

काठमाडौं, ६, कात्तिक –गृहसचिव लोकदर्शन रेग्मी मुख्य सचिवमा नियुक्त हुनु भएको छ ।सोमबार बसेको मन्त्रीपरिषद बैठकले गृहसचिव रेग्मीलाई मुख्य सचिवमा बढुवा गरेको हो । मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीको मंगलबार उमेर हदका कारण पदावधि सकिन लागेकाले गृह सचिव रेग्मीलाई मुख्य सचिवमा बढुवा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए । त्यसैगरी सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा पूर्व अर्थसचिव युवराज भुसाललाई नियुक्त गरेको छ । डा. गोविन्दराज पोखरेलले पदबाट दिएको राजीनामा स्विकृत गर्दै मन्त्रीपरिषद बैठकले सो पदमा पूर्व अर्थसचिव भुसाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।सरकारले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव शंकरप्रसाद अधिकारीलाई अर्थ मन्त्रालयको सचिवमा सरुवा गरेको छ । त्यसैगरी प्रधानमन्त्री कार्यालयका अर्का सचिव ङइन्द्रप्रसाद उपाध्यायलाई लोक सेवा आयोगको सचिवमा सरुवा गरिएको छ । क्षेत्रीय प्रशासन कार्यालय हेटौडाका रेश्मीराज पाण्डेलाई सामान्य प्रशासन मन्त्रालयको सचिव, वन मन्त्रालयका सचिव प्रकाश माथेमालाई पशुपंक्षी मन्त्रालयको सचिवमा सरुवा गरिएको छ ।पशुपक्षी मन्त्रालयका सचिव युवकध्वज जिसीलाई वन मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ । मन्त्रीपरिषद बैठकले विष्णु ओमबादेलाई सचिवमा बढुवा पनि गरेको छ । सरकारले विश्व बैंकबाट करिव ८० मिलियन डलर अनुदान लिन वार्ता टोली गठन गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ । मन्त्रीपरिषद बैठकले निर्वाचनको पर्यवेक्षकका लागि यूरोपेली युनियनसँगको सम्झदारी पत्रमा हस्ताक्षर गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,६,सोमवार ०७:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर–८

धनकुटा । धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ । विशेष

काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय जलरङ्ग महोत्सव (वाटर कलर फेस्टिबल) आज देखि सुरु भएको छ । शनिबार नेपाल कला परिषद्मा अन्तरराष्ट्रिय

काठमाडौं । नेपालका महिला प्रहरी अधिकृतहरुको नाम लिँदा प्रहरी नायब उपरीक्षक (डिएसपी) पूर्णिमा चन्दको नाम पहिलो लहरमै आउँछ । जो

ताजा समाचार