स्ववियु निर्वाचनमा तीन विद्यार्थी संगठनको तालमेल

लोकपथ
130
Shares

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय (मवि) हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा तीन ठूला विद्यार्थी संगठनले तामलेल गरेका छन् । मध्यपश्चिम विश्वविद्यालयको आगामी चैत ३ मा हुन लागेको स्ववियु निर्वाचनमा अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियूबीच तालमेल गर्ने सहमति भएको छ ।

अखिल (क्रान्तिकारी)का महासचिव दिपेश पुनले मध्यपश्चिम विश्वविद्यालय हुने स्ववियु निर्वाचनमा तीन विद्यार्थी संगठनबीच ११ ठूला आङ्गिक क्याम्पसमा तालमेल गर्ने सहमति भएको जानकारी दिए । उनका अनुसार अनेरास्ववियुले पाँच क्याम्पस, अनेरास्ववियु (क्रान्तिकारी) ले चार र अनेरास्ववियुले दुई क्याम्पसमा स्ववियु सभापतिमा समर्थन गर्ने गरी तालमेल भएको छ ।

अनेरास्ववियुले सभापतिमा नारायण बहुमुखी क्याम्पस दैलेख, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर, बबई बहुमुखी क्याम्पस बर्दिया, भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोट र भेरी शिक्षा क्याम्पस सुर्खेत पाउने छ भने अनेरास्ववियु क्रान्तिकारीले केन्द्रीय क्याम्पस, तिला कर्णाली बहुमुखी क्याम्पस कालिकोट, मुसिकोट खलंगा बहुमुखी क्याम्पस रुकुम र जलजला बहुमुखी क्याम्पस रोल्पा पाउनेछन् ।

साथै, अनेरास्ववियुले रारा बहुमुखी क्याम्पस मुगु र विद्यापुर बहुमुखी क्याम्पस सुर्खेतमा स्ववियु सभापति पाउने गरी सहमति गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?