सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

लोकपथ
351
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । गत माघ २७ गते प्रदेशसभाको ठूलो दलको हैसियतमा संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका शाहले बहुमत प्रदेश सभा सदस्यको मत प्राप्त गरेका हुन् ।

प्रदेश सभाका सभामुख भीम भण्डारीले विश्वासको मतको पक्ष र विपक्षमा मत विभाजन गरेका थिए । कांग्रेस संसदीय दलका नेतासमेत रहेका शाहले विश्वासको मत माग्दै प्रदेश सभामा प्रस्ताव पेश गरेका थिए । प्रदेश सभामा सहभागि ५२ जना सांसदमध्ये प्रस्तावको पक्षमा ४१ मत र विपक्षमा ११ मत खसेको थियो ।

विश्वासको मतको पक्षमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादी पार्टी र स्वतन्त्र सांसदले मतदान गरेका थिए । विश्वासको मतको विपक्षमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले मतदान गरेका हुन् ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र) का १०, एकीकृत समाजवादी पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ७ र एक जना स्वतन्त्र सांसद छन् । त्यस्तै, नेकपा (एमाले) का १० र राप्रपाका एक जना सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?