साताको पहिलो कारोबार दिन नै सेयर बजारमा ठूलो गिरावट

लोकपथ
65
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

आज नेप्से परिसूचक ३० दशमलव ७७ अंकले गिरावट हुँदा बजार १ हजार ९ सय ३८ दशमलव २५ बिन्दुमा झरेको छ । यो १ दशमलव ५६ प्रतिशतको गिरावट हो ।

आज कारोबार रकममा समेत गिरावट आएको छ ।

२५९ धितोपत्रको ३० हजार ९०३ वटा कारोबारबाट ३८ लाख ३२ हजार ४५९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३९ करोड २३ लाख ५४ हजार ८९३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?