विप्लवको धम्की : ‘माओवादीलाई अपराधी भन्नेहरु जनयुद्धमा भेटिएको भए त्यही सिद्धिन्थे’

लोकपथ
78
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादीलाई अपराधि बनाउन खोजिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आयोजना गरेको अन्तरक्रियामा बोल्दै विप्लवले माओवादीलाई अपराधि बनाउन खोजिए इतिहास दोहोरिने चेतावनी दिए ।

’यो लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउन खोजियो। इतिहास दोहोरिन्छ। हेक्का राखे हुन्छ फेरि माओवादी फर्किन्छ ।’ विप्लवले भने ।

त्यस्तै माओवादीलाई अपराधी भन्नेहरु जनयुद्धमा भेटिएको भए त्यहि सिद्धिने बताउँदै अहिले पनि त्यस्ता व्यक्तिलाई ठेगान लगाउने तागत रहेको जिकिर गरे ।

विप्लवले भने, ’माओवादीलाई अपराधी भन्नेहरु जनयुद्धमा भेटिएको भए त्यही सिद्धिन्थे। माओवादीलाई अपराधी भन्नेहरुलाई ठेगान लगाउने तागत हामीसँग छ ।’

कार्यक्रममा बोल्दै दलालहरुको चकचकी भएको सत्तामा शहीदहरुको सम्मान नभेटिने टिप्पणी गरे ।

‘दलालहरुको चकचकी भएको सत्तामा सहिदहरुलाई सम्मान भेटिदैँन,’ विप्लवले भने। ’जसले सम्मान खानुपर्ने उनीहरु अपराधीजस्तो। कठघरामा उभिनुनपर्ने चै सम्मान खाँदै हिँडेको,’ उनले भने ।

त्यस्तै पछिल्लो समय माओवादी आन्दोलनलाई कमजोर पार्न खोजिएको भन्दै सबैलाई एकजुट हुनसमेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?