माओवादी पतनको बाटोमा गयो : शंकर पोखरेल

लोकपथ
78
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्र पतनको बाटोमा गएको भन्दै कटाक्ष गरेका छन् ।

आइतबार २४ औँ यदु स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन्।

‘माओवादी पतनमुखी यात्राको बाटोमा अगाडि बढेको छ। गलत बाटोको अवसान बलिदानको सफलता हो भन्ने लाग्छ।’ पोखरेलले भने ।

त्यसैगरी जनादेश अनुसार एमालेसँग नेतृत्व दाबी गर्ने आधार नभएको भन्दै माओवादीसँग गठबन्धन गरेर पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाए पनि त्यहाँबाट धोका पाएको बताए । देशमा आर्थिक संकट पैदा भएका बेला तत्कालिन एमाले माओवादीको गठबन्धनले केही आशा पलाए पनि त्यसले मुर्तरुप पाउन नसकेको उनले बताए ।

‘जनादेशले एमालेले नेतृत्व दाबी गर्ने प्रकृतिको छैन भनेका थियौँ। तर, पाँच दलीय गठबन्धन पनि असफल भइसकेपछि त्यसबाट मुलुकलाई जोगाउन आवश्यक छ भनेर नै हामीले माओवादी केन्द्रसँग एकता र सहकार्यको पहल ग¥यौँ र प्रचण्डलाई प्रधानमन्त्री बनायौँ। देशमा आर्थिक संकट बढेको बेलामा नयाँ सरकार बनेपछि केही आसाको सञ्चार पनि भया ।’ पोखरेलले भने ।

त्यस्तै उनले भर्खरै ब्यूतिएको ८ दलीय गठबन्धन असफल भइसकेको समेत दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?