१८ चैत्र २०७९, शनिवार

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिने एमालेको निर्णय

२०७९,फाल्गुन,२१,आईतवार १२:४३

45
Shares

काठमाडौं । नेकपा एमालेले दसुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

आज बसेको सुदूरपश्चिम नेकपा एमाले संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।

२६ माघमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले आज विश्वासको मत लिँदै छन् ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा विश्वासको मत पाउन २७ सांसद आवश्यक पर्छ । यहाँ कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र १ सांसदले उनलाई विश्वासको मत लिने निश्चित छ ।

यता नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिने निर्णय गरेको छ ।

यता आलोपालो सरकारका लागि लिखित सहमति नभए विश्वासको मत नदिने अडानमा रहेको माओवादी केन्द्र विश्वासको मत दिन तयार भएको छ ।

प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि सुदूरपश्चिम प्रदेश माओवादी विश्वासको मत दिन तयार भएको हो ।

प्रकाशित मिति: २०७९,फाल्गुन,२१,आईतवार १२:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । शुक्रबार भौतिक पूर्वाधारबाट उपप्रधानसहित गृहमन्त्री बनेका नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा शपथग्रहणपछि मन्त्रालय पुगेर

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शर्माले दोस्रोपटक विश्वासको

काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले मन्त्रालयलाई मर्यादित र प्रतिष्ठित बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्। सिंहदबारस्थित

काठमाडौं । १० वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेबाट चितवन–२ मा रामप्रसाद न्यौपाने सिफारिस भएका छन्। एमाले जिल्ला अध्यक्षमा समेत रहेका

ताजा समाचार

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८