८ दलीय गठबन्धनले बोलाएको सांसद भेला स्थगित

लोकपथ
156
Shares

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि बोलाइएको ८ दलीय गठबन्धनको सांसदहरुको भेला स्थगित भएको छ ।

निर्वाचन आचारसंहिताको कारण भेला स्थगित गरिएको नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले लोकपथलाई जानकारी दिए ।
‘निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि लागू गरेको आचारसंहिताको कारण भेला स्थगित गरिएको हो ।’ उनले भने ।

८दलीय गठबन्धनले आगामी फागुन २४ गतेका लागि सांसदहरुको भेला बोलाएको थियो । तर आयोगले आगामी फागुन १७ देखि चैत ५ गतेसम्म आचारसंहिता लागू गरेको छ ।

त्यसो त यसअघि नै बिहीबार प्रदेश र शुक्रबार केन्द्रका सांसदहरुको अभिमूकिकरण कार्यक्रम सम्पन्न भइसकेको छ ।

अभिमुखीकरणमा पूर्ववर्ती गठबन्धनका ब्यूताउनुको औचित्यको बारेमा ब्रिफिङ गरिएको थियो ।

आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल र एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?