नेविसंघका घाइते विद्यार्थी नेतालाई भेट्न स्टार अस्पतालमा शेखर

लोकपथ
65
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आन्तरिक विवादपछि झडप भइ घाइते नेविसंघका नेतालाई भेट्न स्टार हस्पिटल पुगेका छन् ।

बिहीबार त्रिभुवन विश्वविद्यालयमा दुई समूहबीच झडप हुँदा घाइते भएका नेविसंघका पूर्व कोषाध्यक्ष शिव रिमाललाई भेट्न स्टार हस्पिटल पुगेका हुन् ।

सो क्रममा नेता कोइरालाले आन्तरिक विवादले पार्टी संगठन चलायमान हुन नसक्ने बताएका छन् ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लिएर संस्थापन र इतर समूहबीच झडपको स्थिती सिर्जना भएको थियो । सो क्रममा रिमालसहित केही विद्यार्थी नेता घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?