सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत माओवादी केन्द्रको दिन निर्देशन

लोकपथ
156
Shares
kfn’ª6f/, !$ kmfu’gM gful/s e]63f6 sfo{qmd k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú uf]/vfsf] gu/ sfo{kflnsfsf] sfof{no kfn’ª6f/df cfOtaf/ cfof]lht gful/s e]63f6 sfo{qmddf wf/0ff /fVg’x’Fb} . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौं । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन निर्देशन दिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले सो निर्देशन दिएका हुन् ।

आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले विश्वासको मत लिँदैछन् । तर सुदूरपश्चिम माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति नभएसम्म विश्वासको मत नदिने अडान कायम राखेको थियो ।

८ दलीय गठबन्धन जोगाउनका लागि विश्वासको मत दिन प्रचण्डले निर्देशन दिएको स्रोतले जनाएको छ ।

यसअघि एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएसँगै गत माघ २६ गते शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

५३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन २७ मत आवश्यक पर्दछ ।

प्रचण्डको निर्देशनपछि सुदूरपश्चिम माओवादी तयार भएको छ । भने मुख्यमन्त्री शाह नेतृत्वको सरकार जोगिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?