८ दलीय गठबन्धनको बैठक बस्दै

लोकपथ
78
Shares

काठमाडौं । आठ दलीय सत्ता गठबन्धनको बैठक बोलाइएको छ ।

अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो ।

बैठकमा राष्ट्रपति निर्वाचन, सरकार विस्तार लगायतका विषयमा छलफल हुने बताइएको छ ।

राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा पूरानो गठबन्धन ब्यूतिएसँगै एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएका छन् । त्यससँगै पुनः प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्नेछ । आजको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा समेत छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?