देशमा अहिले उल्टो गठबन्धन भइरहेको छ : अध्यक्ष लिङ्देन

लोकपथ
28
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा अहिले उल्टो गठबन्धन भइरहेको बताएका छन् । देश र जनताको हित रक्षामा गठबन्धन हुनुपर्नेमा दलहरूले संविधानको रक्षाका लागि गठबन्धन गरिरहेको उनको भनाइ छ ।

संविधान, गीता, बाइबल र कुरानजस्तो अपरिवर्तनीय नरहेको बताउँदै उनले यसलाई आवश्यकताअनुसार फेरिन र फ्याँकिन सक्ने पनि बताए । लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन्, संविधान, गीता, बाइबल, कुरान जस्तो अपरिवर्तनीय हुँदैन आवश्यकता अनुसार फेरिन्छ र फ्याँकिन्छ पनि, दलहरूले संविधानको रक्षा भन्दा देश र जनताको हित रक्षामा गठबन्धन गर्नुपर्ने हो तर उल्टो भइरहेको छ ।

सन्दर्भ संविधानको रक्षाका लागि गठबन्धन !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?