भोट माग्दै सीके राउतलाई भेट्न पुगे सुवासचन्द्र नेम्वाङ

लोकपथ
56
Shares

काठमाडौं । यही फागुन २५ गते हुन लागेको राष्ट्रपति निर्वाचनमा नेकपा (एमाले) बाट उम्मेदवार रहेका सुवासचन्द्र नेम्वाङले जनमत पार्टीका अध्यक्ष सीके राउतसँग भेट गरेका छन् ।

शुक्रबार अध्यक्ष रावतलाई भेट्न नेम्वाङसहित एमाले नेताहरु कृष्णगोपाल श्रेष्ठ, पृथ्वीसुब्बा गुरुङलगायत बुद्धनगरस्थित जनमत पार्टीको कार्यालयमा पुगेका हुन् । भेटका क्रममा उनीहरुले एमालेबाट राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई मतदानमा सहयोग गर्न आग्रह गरेका थिए ।

नेपाली कांग्रेससहित आठ दलीय गठबन्धनले सांसदहरुलाई तालिम दिन केन्द्रित भएका बेला नेम्वाङले बिहीबारदेखि भेटघाट तीव्र बनाएका हुन् । एमाले नेताहरुले बिहीबार नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपासँग छुट्टाछुट्टै भेट गरी मतदानमा लागि सहयोग गर्न आग्रह गरेका थिए ।

नेम्वाङ सहितका एमाले नेताहरुले आजै लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका थिए । राष्ट्रपति निर्वाचनका लागि आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल र एमालेबाट नेम्वाङ चुनावी मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?