आठ दलीय गठबन्धन पाँच वर्षसम्म तलमाथि हुँदैन : महामन्त्री थापा

लोकपथ
65
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति निर्वाचनका लागि बनेको आठ दलीय गठबन्धन कसैले चाहेर पनि भत्काउन नसक्ने दाबी गरेका छन् ।

राष्ट्रपति चुनावलाई लक्षित गर्दै बागमती प्रदेशका सांसदहरूका लागि काठमाडौंमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा बोल्दै थापाले ८ दलीय गठबन्धन पाँच वर्षसम्म तलमाथि नहुने बताएका हुन् ।

उनले भने, ‘कांग्रेसको तर्फबाट महामन्त्रीको हैसियतमा भन्छु, जे समझदारी भएको छ, कांग्रेस पार्टी यो पटक सबैभन्दा जिम्मेवारीसाथ अघि बढ्छ । हाम्रो पार्टीलाई या व्यक्तिलाई क्षति होस्, समझदारीबाट दायाँबायाँ चल्दैन ।’

उनले यो गठबन्धन फुटाउने गरी एमालेले धराप थाप्न खोजेको पनि आरोप लगाए । ‘यो गठबन्धनविरुद्ध कसैले धराप थाप्न नआए हुन्छ । पार्टीका कोही कसैलाई भेटेर केही हुँदैन । कांग्रेससँग चकचक गरेर अब तेल निस्किनेवाला छैन,’ उनले भने । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि जनताले देख्नेगरी काम थालेर पाँच वर्ष पु¥याउनुपर्ने उनको भनाइ छ ।

उनले एमालेले गठबन्धन जोगाउन माधव नेपाललाई राष्ट्रपति मात्रै नभएर पार्टी अध्यक्ष नै दिने अवस्थामा पुगेको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?