काठमाडौं । नेकपा (एमाले) बाट राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्रको पक्षमा मतदानको माग गर्दै एमाले नेताहरु लोसपा नेपालको पार्टी कार्यालयमा पुगेका छन् ।
शुक्रबार एमाले नेताहरुले लोसपा, नेपालका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका हुन् । भेटमा राष्ट्रपतिका उम्मेदवार नेम्वाङले आफूलाई राष्ट्रपतिमा सहयोग गर्न अध्यक्ष ठाकुरलाई आग्रह गरेका छन् । नेम्वाङको साथमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, ठाकुर गैरेलगायत नेताहरु सहभागि थिए ।
भेटका क्रममा उम्मेदवार नेम्वाङले आफूलाई राष्ट्रपतिमा मतदान गर्न आग्रह गरेका र अध्यक्ष ठाकुरले पार्टीको बैठकबाट निर्णय गर्ने बताएका लोसपा नेता राजेन्द्र महतोले जानकारी दिए । उनले आफू ८ दलीय गठबन्धनमा सहभागी रहेकाले पार्टीको बैठकबाट नै यसबारेमा निर्णय गर्ने जवाफ दिएको बताए ।
एमाले नेताहरुले हिजो नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपासँग छुट्टाछुट्टै भेट गरी मतदानमा लागि सहयोग मागेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया