काठमाडौं । नेकपा एकीकृत सामाजवादीले देशका विश्वविद्यालयहरुमा हुन गइरहेको स्ववियु निर्वाचनको संयोजन, परिचालन तथा सहयोगका लागि समितिहरु गठन गरेको छ ।
त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा क्रमशः चैत ५, ३ र ८ गते हुन गइरहेको निर्वाचनलाई ध्यानमा राखेर नेकपा एकीकृत समाजवादीले घनश्याम भुसालको संयोजकत्वमा स्ववियू निर्वाचन, संयोजन तथा वार्ता समिति गठन गरेको हो ।
त्यस्तै, रामकुमार भट्टराईको संयोजकत्वमा स्ववियू निर्वाचन, परिचालन समिति गठन गरेको छ भने पिताम्बर तिम्सिनाको नेतृत्वमा स्वयमसेवक परिचालन समिति बनाइएको पार्टीका महासचिव डा। वेदुराम भुसालद्वारा बिहीबार जारी विज्ञप्तिमा जनाईएको छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया