काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल र काठमाडौं महानगरका मेयर बालेन शाहबीच भेटघाट भएको छ ।
बिहीबार दिउँसो भएको भेटघाटमा काठमाडौं महानगर र क्षेत्र नं ५ को विकासका लागि संघ र स्थानीय सरकारको समन्वय गर्ने विषयमा छलफल भएको नेता पौडेलले जानकारी दिए ।
भेटघाटमा काठमाडौं भित्रका विविध पूर्वाधार विकासको विषयमा सकारात्मक छलफल भएको उनले बताए ।
भेटमा कलंकी देखि धोबी खोला सम्म रिङ्ग रोड विस्तार, सामाखुसी करिडोर निर्माण, मेलम्ची खानेपानी विस्तारलाई महानगर भित्रका सबै घरहरूमा पुर्याउन छिटो सञ्जाल विस्तार, सार्वजनिक रूपमा रहेका जमिन अतिक्रमणलाई फिर्ता ल्याउने लगायतमा छलफल भएको छ ।
त्यसको साथै नेता पौडेलले मेयर शाहले महानगर सुधारका लागि देखाएको तत्परताले आगामी दिनमा सहकार्य निरन्तर हुनेमा विश्वस्त रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया