मन्त्रिमण्डल विस्तारको गृहकार्य आजैबाट हुन्छ : प्रधानमन्त्री प्रचण्ड

लोकपथ
14
Shares
cled’vLs/0f sfo{qmddf k|d k|r08 / g]sf ;efklt b]pjf sf7df8f}F, !* kmfu’gM /fi6«klt kbsf nflu lj;+ @)&( kmfu’g @% ut] x’g] lgjf{rgdf cf7 /fhgLlts bnsf tkm{af6 pDd]bjf/ x’g’ePsf g]sf jl/i7 g]tf tyf k”j{;efd’v /fdrGb| kf}8]nnfO{ lgjf{lrt u/fpg k|ltlglw;ef / /fli6«o;ef ;b:ox?sf nlfu cfof]lht cled’vLs/0f sfo{qmddf ;xefuL k|wfgdGqL k’iksdn bfxfn…k|r08Ú / g]sf ;efklt z]/axfb’/ b]pjf enfs’;f/L ub}{ . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिलेको आठदलीय गठबन्धन पाँच वर्षसम्म टिक्ने बताएका छन् ।

कांग्रेसको संयोजन र व्यवस्थापनमा आठ राजनीतिक दलका प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्यलाई आज राष्ट्रपति निर्वाचनकेन्द्रित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धन दीर्घकालीन हुने पनि बताएका हुन् ।

‘हेर्दै जानुहोला यो गठबन्धन ५ वर्ष टिक्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मन्त्रिपरिषद विस्तार प्रक्रिया आजैदेखि शुरु गर्छु ।’ प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचन र उपराष्ट्रपति निर्वाचन सकिएलगत्तै विश्वासको मत लिने पनि बताए ।

कार्यक्रममा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका सांसद सहभागी छन् । यही फागुन २५ गते राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ ।

आठ दलको समर्थनमा राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल उम्मेदवार छन् भने एमालेबाट सुवास नेम्वाङ उम्मेदवार छन् । आठ दलले संघीय सांसदलाई राष्ट्रपति निर्वाचनबारे प्रशिक्षण दिन शुरु गरेको छ । शुक्रबार सातै प्रदेशमा प्रदेश सभा सदस्यसँग अन्तर्क्रिया गर्ने आठ दलको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?