काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपतिको उम्मेदवार बनेका सुवास नेम्वाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटघाट भएको छ ।
बिहीबार दिउँसो लामिछानेलाई भेट्न नेम्वाङसहित एमाले सचिव योगेशकुमार भट्टराई, उपमहासचिव पृथ्बीसुब्बा गुरुङ लगायत रहेका थिए ।
सो क्रममा नेम्वाङले आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा आफूलाई मतदान गर्न आग्रह गरेका थिए । सो क्रममा लामिछानेबाट सकारात्मक प्रतिक्रिया पाएको नेताहरुले प्रतिक्रिया दिएका छन् ।
यसअघि नेम्वाङले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग समेत भेटघाट गरेका थिए । भेटघाटको क्रममा मत माग्नुका साथै पार्टी एकीकरणको विषयमा समेत छलफल भएको थियो ।

त्यस्तै आजै नेम्वाङले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई समेत भेट्ने कार्यक्रम रहेको छ ।
त्यसको साथै उनले कांग्रेससहित अन्य राजनीतिक दलका शीर्ष नेताहरुसँग समेत भेट्ने कार्यक्रम रहेको छ ।
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा एमालेका तर्फबाट नेम्वाङ उम्मेदवार रहेका छन् । भने कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् । उनलाई अन्य ८ दलको समेत समर्थन रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया