राष्ट्रपति भण्डारी कसैको इशारामा चल्नुभयो : उपाध्यक्ष अर्याल

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक अभिभावकको भूमिका निर्वाह गर्न नसकेकाे आरोप लगाएकी छन् ।

बिहीबार पत्रकारहरूसँगको भेटघाटमा उपाध्यक्ष अर्यालले राष्ट्रको अभिभावक राष्ट्रपतिले कसैको इशारामा चलेर नागरिकता विधेयक रोकेकाे बताएकी छिन् । संवैधानिक अभिभावकको भूमिकामा नरही नागरिकता विधेयक रोकेको उपाध्यक्ष अर्यालले बताइन् ।

‘राष्ट्रपति एमालेको जस्तो बन्नुभयो । राष्ट्रपति संस्थालाई सम्मानित बनाउन सक्नुभएन । अरूको इसारामा चल्नुभयो,’ उनले भनिन्, ‘नागरिकता विधेयकमा अनावश्यक राजनीति गर्नुभयो । एक पटक विधेयक फिर्ता गरे पनि अर्कोपटक रोक्न मिल्थेन तर रोक्नुभयो ।’ उही व्यहोराको नागरिकतासम्बन्धी अध्यादेश पारित गर्ने राष्ट्रपतिले नागरिकता विधेयक रोक्नुको कुनै औचित्य पुष्टि नभएको अर्यालको भनाइ थियो ।

उनले संवैधानिक भूमिकामा रहने सबैले आफ्नो मर्यादा र सीमा नाघ्न नहुने बताइन् । ‘मेरो पनि लिगेसी कतै जोडिएको छ तर, मैले राष्ट्रिय सभा उपाध्यक्षका रूपमा मर्यादा र सीमा नाघ्न त भएन नि । यस्तो हुँदै जाने हो भने हामीले ल्याएको व्यवस्था र परिवर्तनप्रति विश्वास गुम्न सक्छ,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?