राप्रपाद्वारा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

लोकपथ
26
Shares

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बिहीबार बिहान राप्रपा कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी हुन् ।

प्रदेशसभा सदस्य शाहीले प्रदेश प्रमुख तिलक परियारसामु माओवादीबाट मुख्यमन्त्री बनेका शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी छन् । केन्द्रमा भएको सत्ता समीकरणमा आएको फेरबदलका कारण प्रदेशमा पनि राप्रपाले समर्थन फिर्ता लिएको हो । ४० सदस्यीय कर्णाली प्रदेश सभामा राप्रपाबाट प्रतिनिधित्व गर्ने एक जना प्रदेश सभा सदस्य छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?