बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
52
Shares

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला तीन सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख दुई हजार छ सय रुपैयाँ तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार एक सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन एक लाख एक हजार आठ सय रुपैयाँ थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार दुई सय ७० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?