काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बिथोलिएको राजनीतिक वातावरण सही ठाउँमा आएको बताएका छन्।
कार्यक्रममा सहभागि हुन बिहीबार सिरहा पुगेका सिंहले सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचनमा जाँदा जुन गठबन्धन बनेको थियो त्यही गठबन्धन बनेको दाबी गरे।
उनले केही समय असहजतातर्फ राजनीति अघि बढे पनि अहिले जनताको जनमत अनुरुपको राजनीतिक परिस्थिति निर्माण भएको स्पष्ट पारे।
सिंहले राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेलको जित सुनिश्चित रहेको दाबी गरे। अहिले मुलुक अर्थतन्त्र संकटमा रहेको बताउँदै नेता सिंहले बिग्रिएको परिस्थितलाई समालेर जान चुनौती रहेको बताए। हरेक चुनौतीको सामना गर्दै सहज राजनीतिक वातावरण निर्माण गर्नुपर्ने दायित्व राजनीतिक दलसँग रहेको सिंहले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया