काठमाडौं । प्रदेश नं.१ प्रदेश सभा बैठकबाट ‘कोशी प्रदेश’ नाम राख्ने प्रस्ताव दुईतिहाई बहुमतले पारित भएको छ । प्रदेश सभामुख बाबुराम गौतमले मत विभाजन गरी निर्णयार्थ पेश गर्दा दुईतिहाई बहुमतले स्वीकृत भएको हो ।
उक्त प्रस्तावमा मत विभाजन हुँदा सभामुख बाहेक ९२ जना सांसदमध्ये पक्षमा ८२ मत र विपक्षमा ४ मत परेको छ भने ६ जना अनुपस्थित रहेका छन् । प्रदेश सभाको पहिलो कार्यकालको पाँच वर्ष र दोस्रो कार्यकालको औपचारिक सुरूआत भएको ६२ औँ दिनमा बुधबार प्रदेश १ ले ‘कोशी’ नाम पाएको छ ।
प्रदेश सभाले नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेश नं १ को प्रदेशको नामकरणका लागि प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम ५८ (ख) बमोजिम आज प्रस्ताव पेश गरेको थियो ।
सत्तारूढ नेकपा एमालेको प्रस्तावमा मुख्य विपक्षी कांग्रेस, सत्तारूढ माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले समर्थन जनाउँदा प्रदेश नामकरण दुई तिहाईभन्दा बढी मतले पारित भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया