भारतबाट आयात तरकारी तथा फलफूलको विषादी परीक्षणको विषयमा बोल्यो मन्त्रालय

लोकपथ
112
Shares

काठमाडौं । भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषादी परीक्षण प्रस्ताव मन्त्रिपरिषद्मा रोकिएको विषयले सरकारको आलोचना भइरहेको छ ।

सञ्चारमाध्यम मार्फत् सो कुरा बाहिर आएसँगै कृषि तथा पशुपति विकास मन्त्रालयले सो विषयमा स्पष्ट पारेको छ ।

मन्त्रालयले आज विज्ञप्ति जारी गर्र्दै अहिले नभएर २०७९ साल भदौ ५ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार उक्त प्रस्ताव आर्थिक तथा पूर्वाधार समितिमा छलफलका लागि पठाएकोमा समितिमा छलफल प्रक्रियामा विचाराधीन रहेको स्पष्ट पारेको छ ।

त्यस्तै नयाँ सरकार गठन भएसँगै मन्त्रिपरिषद् तथा मन्त्रिपरिषद् समितिमा विचाराधिन सबै प्रस्ताव फिर्ता हुने क्रममा गत पुस ११ गते बसेको पहिलो मन्त्रीपरिषद् बैठकको निर्णय अनुसार सबै प्रस्तावहरु स्वतः फिर्ता भएको विज्ञप्तिमा उल्लेख रहेको छ ।

यसैगरी प्रधानमन्त्रीले तत्काल नयाँ प्रस्ताव तयार पारी मन्त्रिपरिषद्मा पेश गर्न निर्देशन दिइसकेको र सोही अनुसार मन्त्रालयले नयाँ प्रस्ताव तयार परेको समेत बताइएको छ ।

साथै भारतबाट जीटुजीमार्फत थप मल आउन नसक्ने आसयको समय समाचार प्रकाशित भएको विषयमा समेत मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्तालाई उल्लेख गरि आएका समाचारका विषयमा समेत प्रवक्तामार्फत उक्त भनाइ सार्वजनिक नभएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?