काठमाडौं । प्रदेश नं १ को जारी प्रदेश सभा बैठकमा जसपाकी सांसद तथा स्वास्थ्यमन्त्री निर्मला लिम्बू भक्कानिँदै बैठकमै रोएकी छिन् ।
बुधबार प्रदेश नं १ को नामाकरणको विषयमा छलफलमा भाग लिन रोस्टममा पुगेकी मन्त्री लिम्बू अधिकांश समय भक्कानिँदै आफ्ना कुराहरु राखेकी थिइन् ।
पहिचासहित प्रदेशको नामाकरण गर्ने छलफलमा दलीय हैसियतमा आफूलाई नबोलाइएको तर आज एक्कासी बोलाइएकाले अपमान भएको भन्दै गुनासो गरिन् ।
‘पहिचान सहितको नाम राख्ने छलफलमा दलीय हैसियतमा पनि मलाई बोलाइएन । एक्कासि आज बोल्न त दिइयो तर, अपमानपूर्ण ढंगले,’ उनले भनिन्, ‘ऐतिहासिक जनयुद्ध, ०६२–०६३ को जनआन्दोलन, पहिचानका विभिन्न आन्दोलनमा सहभागी भएर ज्यान अर्पण गरेका सहिदहरुलाई नमन गर्न चाहन्छु ।’
बैठकमा सम्बोधन गर्दै उनले प्रदेश १ लाई किरात वा लिम्बूवान प्रदेश चाहिएको बताइन् ।
बैठकलाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो त मानव समुदायलाई चाहिएको थियो । तिनै मानव समुदायलाई किरात र लिम्बूवान प्रदेश चाहिएको थियो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया